
काठमाडौं, अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्दैछिन् । कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
उनीसँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दल एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
यसअघि करिशमा नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् भने केही समयमा नै उनी सो पार्टीबाट निस्क्रिय भएर बसेकी थिइन् ।







