चितवनमा कांग्रेस नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं, पछिल्लो समय पटक पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको चौधौं जिल्ला अधिवेशन अन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ । बिहीबार उम्मेदवारी दर्ता भैसकेको छ ।
आज जिल्ला पार्टी सभापति जितनारायण श्रेष्ठले मत दिएर मतदान सुरु हुने जिल्ला निर्वाचन संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
मतदानमा २९४४ प्रतिनिधिले मतदानमा सहभागिता हुनेछन् । जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । चार जना पौडेल कोइराला पक्षका हुन् भने एक जना सभापति शेरबहादुर देउवा पक्षका छन् ।
यसैगरी संस्थापन पक्षबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतरबाट उत्तम जोशी, सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र कैलाश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिकृया दिनुहोस्