आजबाट राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकियो

काठमाडौं, राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आजदेखि सकिएको छ । नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जनाको पदावधि सकिएको हो ।
यस्तै निर्वाचित १९ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक गरी २० जनाको पदावधि आजसम्म थियो ।
यसबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भइसकेका छन्।गत माघ १२ मा भएको निर्वाचनबाट सत्तारूढ गठबन्धनका पाँच दलबाट १८ जना र नेकपा एमालेबाट १ गरी १९ सांसद निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस्