February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा उत्रिएको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।

बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठक आज ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको