February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रतिनिधि सभाबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्ने भएको हो ।

यसैगरी हिजो प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको