September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

सत्ता गठबन्धन नतोडिने नेपालको दाबी

file photo

काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन नतोडिने दाबी गरेका छन् ।

पार्टीनिकट अनेरास्ववियूले बुधबार राजधानीमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘गठबन्धन तोड्ने चाहना राखेका होलान्, गठबन्धन तोडनुस् साथ दिन्छौं पनि भनेका होलान् गलत मनशाय सफल हुनेवाला छैन । गठबन्धन टुट्नेवाला छैन ।’

यसैगरी उनले गठबन्धन चुनावसम्म जाने पनि उल्लेख गरे । राष्ट्रहित र जनहितका लागि काम गर्दै आएकोल्र जनताको भावनालाई सम्मान गर्दै नेपालको हितलाई केन्द्रबिन्दुमा राख्दै अगाडि बढ्ने उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको