गठबन्धनमा सहमति नभए एमालेसँग मिलेर एमसीसी पारित गर्ने रणनीतिमा देउवा

काठमाडौं, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अमेरिकी सहयोगसम्बन्धी (एमसीसी) पारित गर्ने पक्षमा उभिएका छन् । सकेसम्म गठबन्धनबाट सहमति निकालेर एमसीसी पारित गर्ने नभए नेकपा एमालेसँग मिलेर जाने देउवाको रणनीति छ ।
यसअघि उनले गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसीका पक्षमा आउन भनिसकेका छन् । यसो नभए विकल्पमा जाने स्पष्ट सन्देश देउवाले दिइसकेका छन् ।
यसैबीच बालुवाटारनिकट स्रोतका अनुसार प्रचण्ड एमसीसीको विपक्षमा छैनन् तर केही बुँदा संशोधनमा जोड दिइरहेका छन् । आज मात्रै देउवाले बालुवाटारमा प्रचण्डसँग यसबारे छलफल गरेका छन् । प्रचण्डले कुराकानीका क्रममा गठबन्धन जोगाउनुपर्ने भन्दै एमसीसीका केही बुँदा संशोधन गरेर जान आफू तयार रहेको जवाफ दिएका थिए ।
देउवाले आफ्नो विश्वासपात्र समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाए । कार्कीले नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीबारे छलफल गरेका छन् । देउवाले ओलीसँग गठबन्धन गर्नसक्ने संकेत पनि दिइसकेका छन् ।
प्रचण्ड र माधव नेपालसँग मिलेर जाने पक्षमा देउवा रहेको बुझिएको छ । सो सम्भावना नभेम उनी ओलीसँग मिलेर अघि बढ्ने तयारी भइसकेको छ ।
प्रतिकृया दिनुहोस्