
काठमाडौं, विभिन्न समसामयिक विषयमा निर्णय गर्न हाल मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक निकट एक मन्त्रीका अनुसार आजको सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ ।
भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । यहीँ २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ ।







