April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

राष्ट्रिय सभामा रिक्त सदस्यका लागि आजबाट निर्वाचन प्रक्रिया शुरू

काठमाडौं, राष्ट्रिय सभामा रिक्त भएका १९ सदस्यका लागि आजबाट निर्वाचन प्रक्रिया शुरू हुँदैछ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि निर्वाचन प्रक्रिया आजदेखि शुरू हुने जनाएको हो ।

आयोगका अनुसार यहीँ पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । मतदानका लागि आठ वटा मतदानस्थल भने १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको