March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

लोकतन्त्रप्रति समर्पित राष्ट्रिय शक्तिबीच मेलमिलाप र सहकार्य आवश्यकता: देउवा

File photo

काठमाडौं, नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रप्रति समर्पित राष्ट्रिय शक्तिबीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीसमेत रहेका देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको उल्लेख हुन् ।

‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ । नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ । यस्तै प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको धारणा व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ,’ यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ।यो दिवसले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले वीपी कोइराला २०३३ साल पुष १६ गते तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला-ठूला मुद्दाको पनि परवाह नगरि ज्यानै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गरेको स्मरण गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर आजकै दिन स्वदेश फर्किएका थिए । त्यसै दिनको अवसरमा पौष १६ गते कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै आएका छन् ।