August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

माओवादीको ८औं महाधिवेशन: १४ समूहले निष्कर्ष प्रस्तुत गर्दै

काठमाडौं, माओवादी केन्द्रको आठौं महाधिवेशनको आज पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । यहीँ मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा छलफल भएको थियो ।

बुधबारदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ भने सोही दिन ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए । बाँकी १४ समूहले आज प्रस्तुत गर्नेछन् ।

हाल जारी बन्दसत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ । यसैगरी प्रतिवेदनमाथि उठेका जिज्ञास र प्रश्नको बिहीबारै अध्यक्ष प्रचण्डले जवाफ दिने बताइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको