January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

प्रदेश २ मा मतदान जारी

जनकपुर, नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान जारी छ । आज बिहान साढे ९ मा मतदान सुरु भएको हो ।

पहिलो मत सभापति पदका उम्मेद्वार कृष्ण यादवले मतपेटिकामा हालेका हुन् भने दोस्रो मत सभापति पदका उम्मेद्वार रामसरोज यादवले मत खसाएका थिए ।

यसैगरी मतदानस्थलमा ४ वटा बुथ बनाइएको छ । एउटा बुथमा २/२ जिल्लाको मत खसाल्ने व्यवस्था छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँगसँगै बुथ बनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको