January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

महामन्त्री पद: १०७५ मत गन्दा गगनको अग्रता कायमै, विश्वप्रकाश र प्रकाशशरण तेस्रो स्थानमा

काठमाडौं, कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । आज बिहानबाट सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना सुरु भएको हो ।

हालसम्म १०७५ मत गन्दा गगन थापा ६७३ र विश्वप्रकाश शर्मा ४३४ मतसहित अगाडि रहेका छन् भने प्रकाशशरण महत ३५३ मतसहित तेस्रो स्थानमा छन् ।

केहि समय अघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ३४२ मतसहित चौथो स्थानमा झरेका छन् भने मीनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन् ।

यसैगरी राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन् । महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।

शीर्ष समाचार

धेरै पढिएको