
काठमाडौं, नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका उम्मेद्वार बनेका प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका थिए ।
आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।
देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । भेटमा देउवाले आफ्नो कमजोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए ।







