
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलिबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका हुन् । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनको भनाई छ ।
उनले भने, ‘मुख्यत्ः यो सदन भनेपछि पार्टीहरुकै भुमिका निर्णायक हुन्छ । सभामुखको भुमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भुमिका देखिदैँ जान्छ । हामीले आफुले गर्नुपर्ने तयारी गरेका छौँ । मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, उहाँहरुलाई खुलाउनुस्, सुचारु गरौँ भनेर उहाँहरुसित छलफल गर्ने र फेरी पार्टीहरुसँग छलफल गर्ने, आवश्यकता अनुसार फेरी सर्वदलीय बैठकहरु गर्ने, मेरो भुमिका त त्यही होला जस्तो लाग्छ ।’







