January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

file photo

काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने भएका हुन् ।

यसअघि सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए ।

आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको उनले घोषणा गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको