January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

एमालेका जनप्रतिनिधिसहित ११ जना माओवादी प्रवेश

काठमाडौं, नेकपा एमालेबाट वडा सदस्य जितेका जनप्रतिनिधिसहित ११ जना बुधबार एक समारोहबीच माओवादी प्रवेश गरेका छन् ।

डोल्पा जिल्लाको माथिल्लो डोल्पामा रहको से-फोक्सुण्डो गाउँपालिका-५ मा एमालेबाट वडा सदस्य जितेका जनप्रतिनिधिको निमा छिरिङ्ग गुरुङ्गको नेतृत्वमा वडा १ सिन्जेर गुम्बाको प्रमुख लामा पेम्बा छिरिङ्ग रिम्बोचे, लगायत विभिन्न गाउँका ११ जना युवा तथा समाजसेवीहरु
माओवादी प्रवेश गरेका हुन् ।

आज एक समारोहबीच नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र संगठन विभाग प्रमुख एवं अर्थमन्त्री जनार्दन शर्माबाट टिका र खादा लगाई नेकपा माओवादी पार्टीमा औपचारीक रुपमा प्रवेश गरेका छन् ।

यसअघि कार्तिक २४ गते डोल्पो बुद्ध गाउँपालिकाको र २६ गते छार्का ताङ्गसोङ्ग गाउँपालिकाको छार्का भोटमा भएको विशेष कार्यक्रममा पनि केहि जनप्रतिनिधिहरु पार्टी प्रवेश गरेका छन् ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माको हातबाट टिका र खादा लगाई डोल्पो बुद्ध गाउपालिका प्रमुख तेम्बा गुरुङ्ग, छार्का ताङ्गसोङ्ग गाउँपालिका प्रमुख सेनाङ्ग गुरुङ्ग लगायत दुबै गाउँपालिकाका वडाअध्यक्षहरु, जनप्रतिनिधीहरु र महिलाहरु माओवादीमा प्रवेश गरिसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको