February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

प्रदेश २ मा नेपाली कांग्रेसको अधिवेशन स्थगित

काठमाडौं, नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित गरिएको छ । सोमबार प्रदेश २ का अधिवेशन तत्कालका लागि स्थागित भएको हो ।

धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिएका छन् । अब कांग्रेसको १४ औं महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन हुने उनको भनाइ छ ।

यसैगरी प्रदेशका आठ जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको छैन् । सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन बाँकी छ ।

त्यस्तै, महोत्तरी क्षेत्र नम्बर– ३ को सम्पूर्ण परिणाम रद्द गरी पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको