May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

कमल थापाका भतिज अभिषेकले केन्द्रीय सदस्यबाट राजीनामा दिने

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

अभिषेक एकताको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने अध्यक्षमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पनि राजीनामा दिन लागेका हुन् । 

कमल थापाले सार्वजनिक रूपमा नै राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले नांगाे हस्तक्षेप गरेको आरोप लगाइरहेका वेला उनका भतिजले पनि केन्द्रीय सदस्यबाट राजीनामा दिन लागेका हुन् । यसैगरी एकता महाधिवेशनको निर्वाचनमा काका कमल थापामाथि निर्मलनिवासबाट षडयन्त्र भएको उनको बुझाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको