May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

राप्रपाका नवनिर्वाचित पदाधिकारीहरूद्वारा सपथ ग्रहण

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आइतबार शपथ ग्रहण गरेका छन् ।

आज राजधानीमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

काठमाडौंको भृकटीमण्डपमा आइतबार बिहान सम्पन्न एकता महाधिवेशनबाट लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिएका थिए भने नवनिर्वाचित उपाध्यक्षहरू र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराएका थिए । सोपश्चात नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङदेनले शपथ खुवाएका थिए ।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित थिए । तर अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने  सहभागी भएका थिएनन् ।

यसैगरी राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको