June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

एमाले महाधिवेशन: मतदान सकियो, ७७ जना मतदाता अनुपस्थित

काठमाडौं, चितवनको सौराहामा जारी नेकपा एमालेको
दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ भने निर्वाचनमा दुई हजार ९६ मत खसेको हो ।

एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता सहभागी थिए । जसमध्ये ७७ जना मतदाता अनुपस्थित रहे । बन्दसत्रमा सहमति नभएपछि आज बिहान ४ बजेबाट मतदान सुरु भएको थियो ।

यसैगरी अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो भने मतदान ११:१५ बजे सम्पन्न भएको हो । अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको