June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण बानियाँ निर्वाचित

काठमाडौं, नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । मतगणनाअनुसार कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरेका छन् । पदाधिकारीमा पनि बानियाँ प्यानल नै विजयी भएको हो । 

देउवा–सिटौला समूहले सभापतिमा उपेन्द्र कार्की, उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागर रञ्जित र कुमारराज सुवेदी तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानलाई उम्मेदवार बनाएको छ ।

यसैगरी काठमाडौंमा यहाँका स्थायीबासी पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको थियो भने त्यसविरुद्व सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।

शीर्ष समाचार

धेरै पढिएको