May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

एमाले १०औं महाधिवेशन: पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको नामावली तयार

काठमाडौं, नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आइतबार पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको खाका तयार भएको छ ।

पृथ्बीसुब्बा गुरुङका अनुसार उनले उक्त खाका अध्यक्ष ओलीलाई बुझाइने र रुजु गरेपछि बन्दसत्रमा सुनाइनेछ ।

यसैगरी केन्द्रीय कार्यसमितिको नामावली तयार गर्न अध्यक्ष ओलीले विष्णु पौडेल, शंकर पोखरे, प्रदीप ज्ञवाली र पुथ्बीसुब्बा गुरुङलाई हस्तान्तरण गरिएको थियो । सोही अनुसार ती नेताहरुले नामावली तयार पारेको हो ।

पदाधिकारी र केन्द्रीय सदस्यको सूची बन्न नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र अपरान्ह ४ बजेसम्म शुरू हुन सकेको छैन । शुक्रवार उद्घाटन भएको महाधिवेशन आज समापन गर्ने तयारी छ ।

शीर्ष समाचार

धेरै पढिएको