June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

कांग्रेस अधिवेशन: सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा बालकृष्ण बस्नेतको प्यानल नै विजयी

सिन्धुपाल्चोक, जिल्लाको दुई वटा प्रतिनिधि भएको कांग्रेस क्षेत्रीय सभापतिमा बालकृष्ण बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा तिर्थ लामालाई पराजित गर्दै बस्नेत विजयी बनेका हुन् ।

प्राप्त परिणाम्म अनुसार बस्नेतको प्यानल नै विजयी भएको छ । उनक प्यानलमा सचिवमा कृष्ण प्रसाद आचार्य र सञ्जविर तामाङ, आजय तामाङ र सुजन पौडेल सह-सचिवमा चुनिएका हुन् ।

यसैगरी क्षेत्र नम्बर २ मा भने आइतमान तामाङ चुनिएका छन् भने तामाङको पनि प्यानलनै निर्वाचित भएका छन् । जसमा सभापति तामाङ र सचिवमा केशव श्रेष्ठ र विष्णु घोरासैनी, सह-सचिवमा प्रेमसिंह तामाङ र दिपकुमार तामाङ रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको