January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

एमाले नेता ट्राफिक जाममा फसे, केन्द्रीय कमिटी बैठक समेत प्रभावित

काठमाडौं, नेकपा एमालेका नेताहरु ट्राफिक जाममा फसेपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । नारायणगढदेखि सौराहासम्मको सडकमा ट्राफिक जाम भएपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको हो ।

आज ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्दैछ ।

यस्तै उता चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ट्राफिक जाममा फसेपछि एमालेका सबै नेताहरु बैठकस्थलमा आइसकेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकस्थलमा आइपुगेका छैनन् । हाल नेताहरु आउने क्रम जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको