December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटबारेमा छलफल गर्न आजको बैठक बोलाइएको हो ।

आज विहान ११ बजे बस्ने सो बैठक महाधिवेशन केन्द्रित रहने जनाईएको छ भने बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आह्वान गरिएको हो ।

यसैगरी आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको