
काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अमेरिकी सहयोगसम्बन्धी एमसीसी खारेज गर्न माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा अध्यक्षको उम्मेदवारी दाबी गर्दै एमसीसी खारेज गर्न माग गरेका हुन् ।
एमसीसीमा रहेका गम्भीर खालका बुँदा संशोधनमा जोड दिदै उनले संशोधन हुन नसक्ने बताएका हुन् । उनले संसद र जनसमक्ष विभिन्न सम्झौताहरु पारदर्शी रुपमा ल्याउनसमेत माग गरे ।







