
जनकपुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् । राजीनामा गर्न मुख्यमन्त्री राउतको निर्देशन नमानेपछि उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई आज पदमुक्त गरिएको हो ।
मन्त्री रायलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखलाई पठाइसकिएको मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिएका छन् ।
उनले भने, ‘मुख्यमन्त्रीज्यूले मन्त्री रायलाई पदमुक्त गर्नुभएको छ । उहाँलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखनिर पुगिसकेको छ ।’
यसअघि प्रदेश मन्त्री रायले राजीनामा गर्न अटेरी गरेपछि मुख्यमन्त्री राउत सोमबार अपरान्ह संघीय राजधानी काठमाडौं पुगेर कृषिमन्त्री यादवसित यस विषयमा परामर्श गरेका थिए ।







