
काठमाडौं, प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएकाे छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनमा बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।
यसअघि विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएका थिएनन् ।
यसैबीच बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन् ।







