
काठमाडौं, नेकपा एमालेको पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको हो ।
तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् । एमालेको नवौं महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य रहेको थिए ।
यसैगरी पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ । एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ ।







