December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

सरकार जनताप्रति उत्तरदायी नभएमा अर्को सरकार आउँछ: प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशको मालिक भएको बताएका छन् । बुधबार कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताए । उनले भने, “निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार काम गर्छ । निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्छ । प्रजातन्त्रमा आवधिक निर्वाचन अनिवार्य हुन्छ । प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हो । सरकार जनताप्रति उत्तरदायी भएन भने अर्को सरकार आउँछ ।”

यसैगरी फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको र यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको