
काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । स्थायी कमिटी सदस्य गणेश साहका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साढे ११ बजेदेखि जारी उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ ।
उक्त पार्टीले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ र सोअघि पार्टी संगठनलाई व्यवस्थित बनाउने प्रयासमा रहेको माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म सदस्यता अद्यावधिक गर्ने टाइमलाइन तोकेको छ ।







