October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

प्रकाशमानको प्रश्न: गणेशमानको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो?

file photo

काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो भन्दै प्रश्न गरेका छन् । आज काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताएका छन् । ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो’, उनले प्रश्न गर,‘अरुको छोराहरुले त अवसर पाएका छन् त। ’

यसैगरी आगामी १४ औं महाधिवेशनबाट आफूलाई सभापतिमा निर्वाचित गराउन आग्रह गरेका छन् । नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको गुनासो गरेका छन् ।

‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई का नेता साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्यकाबासीले कहिलेसम्म बोक्ने ?’

शीर्ष समाचार

धेरै पढिएको