October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

माधव नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनका निजी सचिवालयका अनुसार ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनको उपचार भइरहेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको