October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

कांग्रेस १४औँ महाधिवेशन: थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

file photo


काठमाडौं, नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार कांग्रेसले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

यसैगरी अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको