October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

नेकपा एसनिकट युवा संघले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गरी युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको हो ।

युवा संघ नेपालका महासचिव दिपक जिएमका अनुसार संगठन निर्माण तथा पुर्नजागरण अभियान अन्र्तगत ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुर्नगठन र प्रशिक्षणको आयोजना गरिनेछ ।

यसैगरी बैठकले सदस्यता वितरणलाई व्यापकता दिदैँ कम्तिमा १ लाख ५० हजार नयाँ सदस्यहरु बनाउने निर्णय पनि गरेको उनले बताए ।

अभियानलाई सफल पार्नका लागि देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा ३३० जना, जिल्लामा ७७ जना र प्रदेशमा ७ जनालाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाउने निर्णय गरेको पनि उनले उल्लेख गरे ।

शीर्ष समाचार

धेरै पढिएको