October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावलको असन्तुष्टि

file photo

काठमाडौं, नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएकाे बताएका हुन् ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका छन् ।

बैठक सुरु भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको बताएका थिए । त्यस्तै नेता भानुभक्त जोशीले पनि यसबारे प्रश्न गरेका थिए ।

यसैगरी अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् । १० बुँदे सहमति सुदूरपश्चिममा लागू हुन सकेको छैन ।

उपाध्यक्ष रावलले आफू जेठ २ अघिको प्रदेश संयोजक रहेकाले सोही पदमा हुनुपर्ने बताएका छन् भने लेखराज भट्ट नेकपा एकता प्रक्रियाबाट आएकाले उनी इन्चार्ज छन् ।

शीर्ष समाचार

धेरै पढिएको