December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

अल्पमतमा परे पनि मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिमण्डल विस्तार

विराटनगर, प्रदेश १ मा नेकपा एमालेका सचिव भीम आचार्य नेतृत्वको सरकार हाल अल्पमतमा परिसकेको छ । कुनैपनि बेला सरकार ढल्ने अवस्था बनेपनि आचार्यले बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन् ।

मुख्यमन्त्री आचार्यले आज दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्री भएकाहरुमा आर्थिक मामलामा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्थामा हिरा थापा छन् ।

लीलावल्लभ अधिकारीले आन्तरिक मामला, भूमि व्यवस्थामा ज्ञानेश्वर राजवंशी र उद्दोगमा उत्तमकुमार बस्नेतले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

शेरधन राईले राजीनामा गरेपछि भीम आचार्य मुख्यमन्त्री बनेका थिए । तर, नेकपा एमाले विभाजनपछि प्रदेश १ को सरकार अल्पमतमा परिसकेको छ ।

यसैबीच आगामी २२ असोजमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएका छन् । उनले त्यसका लागि प्रदेश १ सरकारमार्फत् २२ असोजमा प्रदेश सभा अधिवेशन बोलाउने निर्णय गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको