April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कांग्रेस महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँसो १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा पारेर शर्माले सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यसैगरी कार्यक्रममा शर्माले १५ वर्ष लगातार कांग्रेसलाई सरकार सञ्चालनको परिकल्पनाका साथ आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको