September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

परमादेशबाट हटाइएको हो, जनादेशबाट फेरी फर्कने छौं: प्रवक्ता ज्ञवाली

File photo

काठमाडौं, प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गरेका छन् ।

शुक्रबार नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यद्तो बताएका हुन् । उनले तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै फेरी जनादेशबाट आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् ।

उनले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अवको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरी फर्कने छौं, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरी फर्कनेछौं । र फेरी देशलाई ‘समृद नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौं ।’

शीर्ष समाचार

धेरै पढिएको