September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भदौ २४ गते मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं, गठबन्धनमा आवद्ध राजनीतिक दलका कारण सरकारलाई पूर्णता दिन रोकिएका प्रधानमन्त्री शेरबहादुर देउवाले यहीँ भदौ २४ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

अर्कातिर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले भने भदौ २२ गतेसम्म मन्त्रिपरिषद् विस्तार नगर्न भनेका थिए । प्रधानमन्त्री देउवालाई भेटेरै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि नेता नेपालको बाध्यता बुझिदिन आग्रह गरेका थिए ।

जनस्तरबाटै आलोचना खेपिरहेका प्रधानमन्त्री देउवा अब भदौ २४ गतेभन्दा उता नकुर्ने निश्कर्षमा पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको