April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

नेपाली कांग्रेसको महाअधिवेशन प्रक्रिया आजबाट सुरु हुँदै

काठमाडौं, नेपाली कांग्रेसको सबैभन्दा तल्लो तहको वैधानिक निकाय वडा अधिवेशनको निर्वाचन आजबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको हो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया सुरु गरिएको हो । ती जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको छ ।

कांग्रेसको विधानमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको प्रतिनिधि ३३ प्रतिशत सुनिश्चित गरिएको उनको भनाइ छ ।

यसैगरी कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले वडा तहमा निर्वाचन सम्पन्न गर्नका लागि हरेक वडामा एक जना मतदान अधिकृत खटाएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको