September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्दै माओवादी

काठमाडौं, नेकपा माओवादी केन्द्र देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलनमा लागेको छ । नेकपा विघटन भएर माओवादी ब्युँतिएसँगै माओवादीले पार्टीको नाममा रहेको सम्पत्ति खोज्न थालेको हो ।

पार्टी र पार्टी अन्तर्गतका जनवर्गीय तथा मोर्चा संगठनका नाममा रहेका सम्पत्तिको लगत संकलन गर्न थालिएको माओवादी निकट स्रोतले बताएको छ । जसअनुसार प्रदेश, जिल्ला र स्थानीय तहसम्मका चलअचल सम्पत्तिको अभिलेख राखिनेछ ।

यसैगरी उक्त अभिलेखमा घर घडेरी र जग्गा सबैको लगत संकलन हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको