September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

निर्वाचन आयोगको विवादास्पद निर्णयविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने

काठमाडौं, निर्वाचन आयोगले दल दर्ताका क्रममा विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ ।

बुधबार अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । उनले सञ्चारमाध्यमसँग भने,‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ ।’

यसैगरी एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको छ ।

यसअघि एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको