September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

खनालको अठोट: ७० वर्ष नाघेकाले कार्यकारी पदको दाबी नगर्ने

काठमाडौं, नेकपा एकीकृत समाजवादीका संस्थापक नेता झलनाथ खनालले ७० वर्ष नाघेकाले कार्यकारी पदको दाबी नगर्ने अठोट गरेका छन् ।

सोमबार स्वास्थ्योपचारपछि स्वदेश फर्किएका उनले विमानस्थलमा पत्रकारसँग बोल्दै आफैले ७० वर्षको मापदण्ड ल्याएकाले त्यसको पालना गर्ने बताएका हुन् ।

उनले भने, ‘मलाई कुनै कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार छैन । तर, पार्टीले के दिन्छ र गर भन्छ गर्छ भन्छ के जिम्मेवारी दिन्छ ठाउँ राखेको छु ।”

उनले नवौं महाधिवेशन आयोजना गर्दा नेकपा एमालेको अध्यक्षका रुपमा विधानमै ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी पद र नेतृत्वमा नरहने मापदण्ड पारित गराएको स्मरण गरे ।

शीर्ष समाचार

धेरै पढिएको