September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

जसपा र एमाले जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय

काठमाडौं, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्न समय दिएको छ ।

एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । दल रोज्न भदौ २२ गते कार्यालय समयभित्र सम्पर्क गर्नुपर्ने उनले बताए ।

यसअघि सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते प्रमाणिकरण गरेकी थिइन् । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेपछि नेकपा एमाले र जसपा विभाजन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको