March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कांग्रेस अधिवेशनको विषयमा शिर्ष नेताबीच सहमति

file photo

काठमाडौं, नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ ।

नेता प्रकाशमान सिंहका अनुसार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको हो ।

शनिबार सभापति देउवासँग कुराकानी गरेपछि वरिष्ठ नेता पौडेल समूहले आफू निकट नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस नेता सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो ।

देशभरका छ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले जानकारी दिएका छन् । जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको उनको भनाइ छ ।

कांग्रेस केही जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन सुरु गरेको छ ।

यसैगरी कांग्रेसले बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वनजनिक गर्नाका साथै अरू जिल्लाको पनि एक र दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको