September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

नेता नेपालको पार्टीमा ५५ केन्द्रीय सदस्य र ३० सांसदको सनाखत

काठमाडौं, नेकपा एमाले विभाजन गरेर माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि एमालेका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोगमा बुधबार सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेकाे हो ।

यसअघि एमालेका कुल सांसदको २० प्रतिशत वा केन्द्रिय कमिटिको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएपछि सोही अनुसार एमालेकाे माधव नेपालपक्षले  नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

उनीहरुको निवेदन अनुसार नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि आयोगले आज सनाखत गरेको हो । आयोगले सनाखतका लागि आज विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको