April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

सर्वोच्चद्वारा सांसद थापाको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, गण्डकी प्रदेशका सांसद कृष्ण थापाको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । थापाले सांसद पद पुनःबहालीको माग गर्दै दायर गरेको उक्त रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चका न्यायधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको सयुक्त इजलासले सांसद पद पुनःबहाली गर्न माग गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्यागसम्बन्धी कानूनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाइएको देखिएको र निवेदकले उठाएको अन्य कानूनी प्रश्नको निरुपण पूर्ण सुनुवाइका अवस्थामा नै गर्नु मानसिव हुने प्रकृतिको देखिएको हुँदा अहिले अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन ।’

शीर्ष समाचार

धेरै पढिएको