गण्डकी प्रदेशमा मन्त्रिपरिषदले पायो पूर्णता, छ मन्त्रीद्वारा सपथ ग्रहण
कास्की, सरकार गठन भएको महिना दिनपछि गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
शुक्रबार दिउँसो प्रदेश प्रमुख पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् । माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक मनाङेले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ ग्रहण गरेका छन् ।
यसैगरी प्रतिपक्षी दल नेपाली कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री, मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र विन्दुकुमार थापा कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्रीका रुपमा शपथ लिएका छन् । यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रतिकृया दिनुहोस्